images
images
  • काठमाडौंमा सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला १३ सय रुपैयाँले घट्यो

    काठमाडौं– राजधानी लगायत देशभर बुधबार सुनको मूल्यमा एकैदिन प्रतितोला १३ सय रुपैयाँले गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रति तोला मूल्य १ लाख ९२ हजार रुपैयाँमा निर्धारण गरिएको छ।

    मंगलबार यो दर १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो।

    वैशाख ९ गते सुनको प्रतितोला मूल्य १ लाख ९७ हजार पुगेको थियो भने त्यसयता आजसम्मकै उच्च गिरावट देखिएको व्यवसायीहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images