images
images
  • सेयर बजार ह्वात्तै बढ्यो

    काठमाडौं– बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।

    सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको अंक बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो ।

    १९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो ।

    त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।

    थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो ।

    माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images