images
images
  • अमेरिकाले डिपोर्ट गरेपछि मुख छोपेर विमानस्थल उत्रिए नेपाली

    काठमाडौं– अमेरिकाबाट नेपाली नागरिकको डिपोर्ट हुने क्रम तीव्र रुपमा जारी छ ।

    जेठ २६ गते अमेरिकास्थित एरिजोना र हवाईबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमानमार्फत काठमाडौँ फर्किए ।

    त्यसयता पनि डिपोर्ट हुने सिलसिला रोकिएको छैन ।

    अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार जेठपछि थप २४ जना नेपालीहरू डिपोर्ट भएर नेपाल आइपुगेका छन् ।

    सन् २०२५ को जनवरीदेखि अहिलेसम्म कुल १९७ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको उनले बताए ।

    उक्त अवधिमा अमेरिकाबाट दुईपटक चार्टर्ड उडानमार्फत नेपालीहरूलाई फर्काइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images