images
images
  • कांग्रेसमा गुट फेरबदलको शृङ्खला : गगन शेखर क्याम्पमा पुनः सुटुक्क आएसँगै बालकृष्ण कता ?

    काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पार्टी सभापति शेरबहादुर देउवासँग दूरी बढाउँदै डा.शेखर कोइरालासँग नजिकिँदै गएका संकेत देखिएका छन् ।

    कोइराला निवासमा पुगेर खाँणले भने, ‘यो कुनै गुटको केन्द्र होइन, पवित्र भूमि हो ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँणको प्रभाव कम हुँदै गएको थियो ।

    उनले देउवा समूहको असहयोगकै कारण आफू कानुनी फन्दामा परेको भन्दै गुनासो गर्दै आएका छन् ।

    जेलमा रहँदा देउवाले अपेक्षित साथ नदिएकोमा उनी असन्तुष्ट छन् भने डा. कोइराला भने उनलाई भेट्न जेलमै पुगेका थिए ।

    खाँणसँग नजिक रहेका ११ सांसद कोइराला समूहमा खुलेरै लागे नेतृत्व परिवर्तनको सम्भावना बलियो हुने विश्लेषण गरिएको छ ।

    तर, कोइराला निवास पुगेको खाँणको उपस्थितिलाई देउवा समूहले चासोपूर्वक हेरिरहेको छ ।

    यो घटनाले कांग्रेसभित्र गुटीय समीकरण फेरिन सक्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images