images
images
  • एमाले पार्टी कार्यालय निर्माणको ट्याग मेटाउन मीनबहादुरद्वारा नवनिर्मित टिचिङ हस्पिटल भवन हस्तान्तरण

    काठमाडौं– भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले समाजसेवा गर्दा आनन्द लाग्ने बताएका छन् ।

    सोमबार शिक्षण अस्पतालको नयाँ भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    आफूले दान र समाजसेवाको शिक्षा स्वर्गीय माता र योगीबाट पाएको उनको भनाइ थियो ।

    धन आर्जन गरी दान गर्नुपर्ने शिक्षा पाएकाले त्यसलाई व्यवहारमा लागु गर्दै गएको उनले सुनाए ।

    भिडिओ प्रस्तुतिमार्फत गुरुङले ५० वर्षअघि एक योगीले धन कमाउने हो भने दान गर्नुपर्छ भनेको र स्वर्गीय माताबाट पनि यस्तै शिक्षा पाएको बताए ।

    उक्त प्रस्तुतिमार्फत उनले भनेका छन्, ‘आमा दान गरिरहनुहुन्थ्यो । योगीले पनि दान गरे आनन्द मिल्छ भनेका थिए,’ गुरुङले भने, ‘मैले राष्ट्रबाट केही पाउँला भनेर सहयोग गरेकै होइन, दान गरे जनताको मनमा बस्न सकिन्छ भन्ने हो ।’

    यसअघि उनले नेकपा (एमाले)को पार्टी कार्यालय निर्माणका लागि सम्पूर्ण जिम्मा लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images