images
images
  • कांग्रेस संस्थापन इतरपक्षबीच विवाद बढ्यो, शेखरसँग दूरी बढाएका गगनले गुट फेर्लान् ?

    काठमाडौं– नेपाली कांग्रेसको अनुशासन समितिले असार २३ गते पार्टी उमेदवारविरुद्ध काम गरेको भन्दै २३ जना नेता–कार्यकर्तालाई कारबाही गरेपछि पार्टीभित्र विवाद चुलिएको छ ।

    अनुशासन समितिको पाँच सदस्यीय टोलिमध्ये बहुमतले निर्णय गरे पनि डा.शेखर कोइराला पक्षले यसविरुद्ध असहमति जनाएको छ । समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले निर्णय प्रक्रियामा आफ्नो मत बेवास्ता भएको भन्दै लिखित असहमति दिएका छन् ।

    कोइराला समूहले असार २४ गते आन्तरिक छलफल बोलाए पनि थापा समूहका आमन्त्रित सदस्यहरू बैठकमा उपस्थित भएनन् । यद्यपि शनिबार थापा समूहका चार केन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै कारबाही निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

    सो निर्णय असार सार्वजनिक असार २३ मा मात्र गरिएको थियो । महामन्त्री गगन थापा नेपालमै रहँदा निर्णय सार्वजनिक गर्दा आलोचना बढ्न सक्ने भन्दै पछि सारिएको र उनी थाइल्याण्ड पुगेपछि मात्रै सार्वजनिक गरिएको संस्थापन पक्षका केही नेताले बताएका छन् ।

    यस घटनाले कांग्रेसभित्रको गुटबीच असमझदारी सतहमा ल्याएको छ । कोइराला र थापा पक्षबीच दूरी अझ चर्किने र यसले आगामी महाधिवेशनमा पार्टी समीकरणमा असर पार्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images