images
images
  • रूपन्देही–३ मा राप्रपाबाट ६ जना प्रतिस्पर्धी, गृहकार्यमा रास्वपा र तीन ठूला दल

    भैरहवा (रुपन्देही)– रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ ।

    राप्रपा जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले छ जनाको नाम सिफारिस गरेको प्रवक्ता दिलीपकुमार मल्लिकले बताए ।

    सिफारिस हुनेहरूमा पार्टीको जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिक रहेका छन् ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो

    विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए ।

    गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचन तोकेको छ भने नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी उमेदवार छनोटका लागि आन्तरिक गृहकार्यमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images