images
images
  • बालुवाटारबाट फर्किए गुप्ता, प्रधानमन्त्री ओलीले मन्त्री पदबाट बर्खास्त गर्लान् ?

    काठमाडौं– घुसको डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि बालुवाटार पुगेका छन् ।

    पौने ११ बजे प्रधानमन्त्री निवास पुगेका गुप्ता करिब आधा घन्टा बालुवाटारमा बसेर बाहिरिएका थिए ।

    उनी बाहिरिएपछि प्रधानमन्त्री ओली भने बालुवाटारमै जारी सिनेट बैठकमा सहभागी भएका छन् ।

    गुप्तासम्बन्धी अडियोमा भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुसको लेनदेनबारे ‘डिल’ गरेको आवाज रहेको बताइएको छ ।

    प्रधानमन्त्री ओली र मन्त्री गुप्ताबीच के कुराकानी भयो भन्नेबारे हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    मन्त्री गुप्ता नेकपा (एमाले)का सांसद तथा पार्टीका केन्द्रीय सदस्य हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images