images
images
  • घुस अडिओ प्रकरण : राजीनामा दिने तयारीमा मन्त्री गुप्ता

    काठमाडौं– भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासम्बन्धी घुस ‘डिल’को अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि कारबाहीको तयारी गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अडिओ प्रकरणबारे विस्तृत जानकारी लिएका छन् र गुप्तालाई आजै पदमुक्त गर्न सकिने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    प्रसारित अडिओको प्रामाणिकता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि सम्बन्धित प्रयोगशालामा पठाइएको छ ।

    गुप्ता पदमुक्त गरिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य नियामक निकायलाई निष्पक्ष छानबिनका लागि पत्राचार गरिने सरकारको तयारी छ ।

    केही दिनअघि सार्वजनिक अडिओमा भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र सरुवाका लागि लाखौं रुपैयाँको घुस ‘डिल’को वार्ता बिचौलिया र मन्त्री गुप्ताबीच भएको आवाज सुनिन्छ ।

    यो प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्न व्यापक दबाब परिरहेको छ ।

    सत्ता पक्षभित्रैबाट समेत उनको राजीनामा वा बर्खास्तीको माग उठिरहेको बताइएको छ ।

    प्रधानमन्त्री ओली कारबाही गर्नु अगावै मन्त्री गुप्ता राजीनामा दिने तयारीमा रहेको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images