काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।
आज दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ ।
यद्यपि, संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा भने प्रचण्डले सम्बोधन गर्ने कार्यसूची समावेश छैन ।
प्रतिक्रिया दिनुहोस्























