images
images
  • साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित

    साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाली युवा टोलीले पहिलो हार व्यहोरेको छ।

    बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको लिग चरणको दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ३–२ गोलअन्तरले पराजित भयो।

    नेपालले पहिलो हार भोगेको दिनमा बंगलादेशले भने लगातार दोस्रो जित दर्ता गरेको हो।

    एक समय २–० ले पछि परेको महिला टोलीले उत्कृष्ट पुनरागमन गर्दै बराबरीको अवस्थामा आएको थियो। तर अन्तिम समयमा नेपाल सम्हालिन पराजित हुन पुग्यो।

    पहिलो हाफको १४ औँ मिनेटमा बंगलादेशकी स्नेहा शिखाको गोलमा नेपाल पछि परेको थियो। खेलको २८ औँ मिनेटमा अनिषा राइको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले बराबरीको मौका गुमायो।

    खेलको ३६ औँ मिनेटमा सागोरिकाको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा नै नेपाल २–० ले पछि परेको थियो।

    खेलको ५६ औँ मिनेटमा नेपाल र बंगलादेश १० खेलाडीमा समेटिए। नेपालकी सिमरन राई र बंगलादेशकी सागोरिकाले खेलका दौरान हात हालाहाल गरेपछि सिधै रातो कार्ड पाए।

    खेलको ५२ औँ मिनेटमा अनिषा राइले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याईन्।

    खेलको ८५ औँ मिनेटमा पुर्णिमा राइको क्रसमा मिना देउवाको गोलमा नेपाल खेलमा फर्किएको थियो।

    मिनाको गोलमा बराबरीमा आएको नेपाली टोली खेलको अन्तिम मिनेटमा सम्हालिन सकेन।

    खेलको इन्ज्युरी समयमा श्रीमती कृष्णमती सरकारको गोलमा बंगलादेशले जित दर्ता गर्यो।

    नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो। राउण्ड रोविनको तेस्रो खेलमा नेपालले मंगलबार श्रीलंकाविरुद्ध खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images