images
images
  • सिटी एक्सप्रेस मनि ट्रान्सफर ९औँ वार्षिकोत्सव : रक्तदान कार्यक्रमको आयोजना

    काठमाडौं– सिटी एक्सप्रेस मनि ट्रान्सफरले १९औँ वर्षमा प्रबेश गरेको छ ।

    यस अवसरमा केन्द्रिय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

    सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।

    साथै १९आंै वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो ।

    उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

    Event 1429 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images