images
images
  • रास्वपाको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको ढिलाइ, मुकुलले चलखेल गरेका हुन् ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पटक–पटक निवेदन दिए पनि निर्वाचन आयोगले संगठनात्मक विवरण अद्यावधिक गर्न आलटाल गरिरहेको छ ।

    २०८१ साउन १७ गते तत्कालीन महामन्त्री मुकुल ढकाललाई हटाएको जानकारी आयोगमा दिएको रास्वपाले असार ८ गते सम्बन्धित थप कागजात बुझाइसकेको छ ।

    त्यसपछि असार ७ मा कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताका रूपमा नियुक्त गरिएको जानकारी आयोगमा असार ९ गते निवेदनमार्फत पेश गरिएको थियो ।

    त्रुटि भन्दै आयोगले विवरण अद्यावधिक नगरेपछि रास्वपाले असार १९ मा नयाँ निवेदन दिएको थियो ।

    तर आयोगले अझै अध्ययन भइरहेको भन्दै प्रक्रिया अघि बढाएको छैन ।

    पूर्व महामन्त्री ढकालले अदालतमा मुद्दा हालेका छन् भने आयोगमा विवरण अद्यावधिक नगर्न पनि निवेदन दिएका छन् ।

    रास्वपाले आयोगमाथि राजनीतिक दबाबमा काम गरिरहेको आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images