images
images
  • साफ यू-२० महिला च्याम्पियनसिप: नेपाल भुटानविरुद्ध ६-१ ले विजयी, पूर्णिमाको ह्याट्रिक

    पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरेपछि नेपाली महिला टोलीले बङ्गलादेशमा सुरु साफ यू–२० महिला च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ।

    ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

    नेपालको जितमा पूर्णिमा राईले चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्।

    पूर्णिमाले खेलको १८,६३,८४ र ८८ मिनेटमा गोल गरिन्। सेनुले खेलको छैटौ र ४५ मिनेटमा गोल गरिन्।

    भुटानका लागि खेलको ५४ मिनेटमा कलेडेन वाङग्मोले एक गोल फर्काईन्।

    राउन्ड रोविनको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ।

    १५ जुलाइमा श्रीलंकासँग खेल्ने तालिका छ। १७ जुलाइमा नेपालले पुनः श्रीलंकासँग खेल्नेछ। १९ मा भुटान र अन्तिम खेलमा २१ जुलाइमा बंगलादेशसँग खेल्ने तालिका छ।

    खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछ। लिग चरणको सबै खेलपछि सर्वाधिक अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images