images
images
  • विद्या भण्डारीलाई विधान महाधिवेशनस्थलमै प्रवेश गर्न नदिने रणनीतिमा ओली

    काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको आगामी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छन् ।

    एक वर्षअघि पार्टी सदस्यता नवीकरण गरे पनि दशौँ महाधिवेशनमा प्रतिनिधि नबनेका कारण विधानअनुसार उनी प्रतिनिधि बन्न अयोग्य ठहरिएकी हुन् ।

    महासचिव शंकर पोखरेलका अनुसार महाधिवेशनका प्रतिनिधि मनोनयन गर्ने प्रावधान विधानमा छैन ।

    भण्डारीलाई सहभागी गराउन केन्द्रीय कमिटीले विशेष निर्णय गर्नुपर्ने हुन्छ ।

    भण्डारी एमालेको नेतृत्वमा आउने आकांक्षासहित सक्रिय भएकी छन् भने अध्यक्ष ओली भने दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउन लागिपरेका छन् ।

    यी विषयमा विवाद बढ्दै जाँदा विधान महाधिवेशन थप जटिल बन्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images