images
images
  • काठमाडौं महानगरले आइतबार बजेट ल्याउने

    काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आइतबार (असार २९ गते) बजेट ल्याउने भएको छ ।

    आज बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो ।

    त्यसअघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

    कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

    शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

    बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे ।

    उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।

    लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images