images
images
  • कर्जा विस्तार लक्ष्य १२ प्रतिशत

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तार १२ प्रतिशतको लक्ष्य लिएको छ ।

    शुक्रबार आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    उनले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन् ।

    राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए ।

    त्यस्तै, बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाएको बताएका छन् ।

    उनले आवश्यकता अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेका छन् ।

    नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वनियमनमा जाने मौद्रिक नीतिले घोषणा गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टीकृत सेवा दिन प्रोत्साहित गरिने छ।

    प्रतिक्रिया दिनुहोस्

    images