images
images
  • मौद्रिक नीति : घर कर्जाको सीमा वृद्धि

    काठमाडौं– नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ ।

    यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो ।

    नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् ।

    शुक्रबार आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images