images
images
  • पतञ्जली प्रकरण : पूर्वप्रम माधवलाई छुट, स्वर्गीय घिमिरेसहित ४ जनाको बयान अदालतमा

    काठमाडौं– पतञ्जली आयुर्वेदसँग सम्बन्धित चर्चित जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जना प्रतिवादीको बयान लिन सुरु गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    सोही मुद्दामा संलग्न चार जना शुक्रबार अदालतमा उपस्थित हुने जानकारी दिएकाले उनीहरूमाथि बयान लिने प्रक्रिया अगाडि बढाइएको हो ।

    विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा ती प्रतिवादीहरूको बयान सुरु भएको हो ।

    बयान दिइरहेका चार जनामध्ये भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव स्वर्गीय माधवप्रसाद घिमिरेकी पत्नी कमला घिमिरे, काभ्रे मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा रामकाजी श्रेष्ठ, केदारनाथ भट्टराई र खरिदार मोनराम शर्मा रहेका छन् ।

    बयान प्रक्रिया पूरा भएपछि उनीहरूका सम्बन्धमा थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनीहरूलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images