images
images
  • पार्टी हितविपरीत कार्य नगर्न २६ नेतालाई कांग्रेसको निर्देशन

    काठमाडौं– नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी हितविपरीत कार्य गरेका भन्दै २६ नेतालाई सचेत गराएको छ ।

    २०७९ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अनुशासन उल्लङ्घनसम्बन्धी उजुरीका आधारमा सल्यानका ११, डोल्पाका १०, कैलालीका २ र दैलेख, खोटाङ तथा धनुषाका एक–एक गरी २६ जनालाई चेतावनी दिइएको हो ।

    त्यस्तै, उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका वा समर्थन गरेका ८८ निष्कासित व्यक्तिको पुनरावेदन निवेदन पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको छ ।

    तीमध्ये कोसीबाट १७, मधेसबाट २३, वाग्मतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट ३६, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १ जना छन् ।

    यसअघि समितिले ६ जनालाई निष्कासन र १२ जनालाई निलम्बन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images