images
images
  • मेरिटोक्रेसी मिचेर त्रिवि उपकुलपतिमा एमाले कार्यकर्ता नियुक्त गरेपछि विरोधमा विद्यार्थी

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्याल बुधबार पदभार सम्हाल्न उपकुलपति कार्यालय पुगेका बेला विद्यार्थी संगठनहरूबीच तीव्र विरोध देखिएको छ ।

    पदभार ग्रहणको कार्यक्रम चलिरहेका बेला माओवादी निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताले उपकुलपतिसँग छलफल गर्न पाउनुपर्ने माग गरे ।

    तर, सुरक्षाका कारण प्रहरीले उपकुलपतिलाई कार्यकक्षमै पदभार ग्रहण गराएर बाहिर लग्यो ।

    यसक्रममा क्रान्तिकारी कार्यकर्ताले उपकुलपतिको नेमप्लेट फाल्नुका साथै कुर्सीसमेत सारिदिए ।

    क्रान्तिकारी त्रिवि कार्यवाहक अध्यक्ष सिद्धान्त भट्टले मेरिटोक्रेसीलाई मिच्दै राजनीतिक भागबन्डाका आधारमा नियुक्ति भएको भन्दै आपत्ति जनाए ।

    उनले फास्ट ट्र्याकमार्फत भइरहेको प्राध्यापक नियुक्ति खारेज गर्न माग गर्दै अर्यालको नियुक्तिलाई सोही प्रक्रियालाई अगाडि बढाउन गरिएको आरोप लगाए ।

    नेविसंघले पनि उपकुलपति नियुक्तिमा मेरिटोक्रेसीको बेवास्ता गरिएको भन्दै विरोध जनाएको छ ।

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र त्रिवि समिति सभापति विष्णु बडैलाले उपकुलपतिमा नियुक्त अर्यालको भिजन पेपर सार्वजनिक भएपछि मात्र कार्यालय प्रवेश गर्न दिने बताएका छन् ।

    एमाले निकट अनेरास्ववियु भने अर्यालको समर्थनमा उभिएको छ ।

    एमालेप्रति आस्थावान मानिने अर्यालको नियुक्तिलाई सत्ता समीकरणको परिणामका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images