काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा अभिनेत्री मनिषा कोइरालाले हस्ताक्षर गरेकी छिन् ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमै पुगेर उनले हस्ताक्षर गरेकी हुन् । कोइरालाले रविको पक्षमा हस्ताक्षर गर्दै राज्यले अन्याय गरेको बताएकी छिन् ।
उनी विगतदेखि नै राजतन्त्रको ओकालत गर्दै आएकी छिन् ।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । उनीमाथि अन्याय भएको भन्दै रास्वपाले देशव्यापी हस्ताक्षरसहितको दबाब अभियान चलाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























