images
images
  • विद्यार्थीको धम्कीले प्रधानमन्त्री त्राहिमाम्, उच्च सुरक्षा सतर्कताबीच बालुवाटारमा त्रिवि सिनेट

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

    आज (बिहीबार) बालुवाटारमा आयोजित उक्त सिनेटप्रति प्रमुख सत्तारूढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयमा गठित कुनै पनि विद्यार्थी संगठनलाई जानकारी नदिएर भन्दै आपत्ति जनाएको छ ।

    विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघको आरोप छ ।

    ‘विद्यार्थीको सहभागिता बिना हुने कुनैपनि निर्णय विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान हो । यसले विश्वविद्यालयमा लोकतान्त्रिक मूल्य र विधिको खिल्ली उडाएको छ,’ नेविसंघद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ ।

    असार २६ गते बालुवाटारमा तय गरिएको सिनेट बैठकमा विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सहभागी नगराइएको भन्दै संघले बैठकलाई अमान्य ठहर गर्दै तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।

    यसअघि नेविसंघ लगायतका विद्यार्थी संगठनहरूले सिनेट त्रिविमै हुनुपर्ने माग राख्दै आएका थिए ।

    त्रिविमा संगठित विद्यार्थी संगठनले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई सिनेट त्रिविमा नराखे सशस्त्र संघर्षमा उत्रिने जानकारी गराएका थिए ।

    त्यसलगत्तै ओलीले बालुवाटारमा उच्च सतर्कताबीच सिनेट बोलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images