images
images
  • माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दन शर्मामाथि कारबाही होला ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

    बैठक आज (बिहीबार) दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा बोलाइएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुनेछ ।

    बैठकमा कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका र बाढीपहिरोको क्षति तथा राहत उद्धारका विषयमा छलफल हुने सापकोटाले बताए ।

    यसका साथै पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्वमाथि असन्तुष्टि जनाउँदै आएका छन् ।

    यसबारेमा तत्काल छलफल नहुने प्रवक्ता सापकोटाको भनाइ छ ।

    माओवादी केन्द्रका २६ जना पदाधिकारी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images