images
images
  • क्लब विश्वकप: रियललाई हराउँदै पीएसजी फाइनलमा

    फिफा क्लब विश्वकपको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सी भिड्ने भएका छन्।

    बुधबार राति भएको दोस्रो सेमिफाइनलमा रियल मड्रिडविरुद्ध ४-० को फराकिलो जित निकाल्दै पीएसजी क्लब विश्वकपको उपाधि नजिक पुगेको हो।

    पीएसजीको जितमा फेबियन रुईजले दुई तथा ओसामाने डेम्बेले र गोन्कालो रामोसले समान एक गोल गरे।

    एकपक्षीय खेलको नवौँ मिनेटमा पीएसजीले २-० ले अग्रता बनाएको थियो। पहिलो हाफको छैटौँ मिनेटमा रुइजको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो।

    नवौँ मिनेटमा डेम्बेलेले अग्रता दोब्बर पारे। खेलको डेम्बेलेले व्यक्तीगत दोस्रो गोल गर्दा पिएसजीका लागि तेस्रो गोल गरे।

    पहिलो हाफमा नै ३-० को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ८७ मिनेटमा रामोसको गोलमा पीएसजीले रियलविरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो।

    पीएसजीले अब उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ।

    चेल्सी पहिलो सेमिफाइनलमा फ्लुमिनेन्सलाई २-० ले हराउँदै क्लब विश्वकपको फाइनलमा पुगेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images