
काठमाडौं– पूर्वराष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेसँगै पार्टीभित्र खैलाबैला मच्चिएको छ ।
असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले एमालेमा फर्किने घोषणा गरेपछि काठमाडौं महानगरका मेयर बालेन साह र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग गरेको भेटघाटले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई असहज बनाएको छ ।
भण्डारीले ओलीसँग सहमति नजिकिएको अवस्थामा बालेन र नारायणकाजीसँग घरमै भेटवार्ता गरेर आफूलाई पुलको भूमिकामा प्रस्तुत गर्न खोजेकी देखिन्छन् ।
एमाले नेताहरूले बालेन साहले काम गर्न नसक्दा भण्डारीमार्फत ओलीसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।
ओली र भण्डारीबीच असार ३ गते बालुवाटारमा भएको भेटमा भण्डारीले ‘अब राजनीतिमा फर्किन्छु’ भनेर अडान दोहोर्याउँदा ओलीले १० वर्षको ग्यापलाई चुनौती बताउँदै प्रक्रियाबाट आउन सुझाव दिएका थिए ।
तर, भण्डारी आफ्नो निर्णयबाट नहट्ने अडानमा छन् ।
ओली पक्षका नेताहरू भण्डारीको स्वइच्छामा राजनीति फर्कने प्रयासलाई अस्वीकार गर्ने मनोवृत्तिमा देखिन्छन् ।
एमालेले आगामी भदौमा विधान महाधिवेशन गर्दैछ ।
तर, हालको अवस्थाले भण्डारीलाई त्यसमा सहभागी गराउने सम्भावना कम देखिन्छ ।
अर्कोतर्फ, भण्डारीको सक्रियताले एमालेभित्रै सत्ता संघर्ष चर्किंदै गएको संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्