images
images
  • रविले नै दुरुपयोग गरेका थिए भिजिट भिसा !

    काठमाडौं– गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति तथा सांसद रवि लामिछाने अमेरिका जाँदा कुन प्रकारको भिसामा गएका थिए भन्ने विषयमा स्पष्टता माग गरेका छन् ।

    बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने विगतमा भिजिट भिसामा अमेरिका गएका हुन् कि होइनन् भन्नेबारे औपचारिक जानकारी दिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरे ।

    ‘माननीय रवि लामिछानेज्यू, जो यस सम्मानित सदनका सदस्य समेत हुनुहुन्छ, कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको भन्ने कुरा मैले सुनेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘उहाँ साँच्चै भिजिटर भिसामै जानुभएको हो कि होइन ? होइन भने कुन खालको भिसामा जानुभएको हो भन्ने स्पष्ट पारिदिन अनुरोध गर्दछु ।’

    Ramesh Lekhak

    त्यसपछि उनले भिजिट भिसाको दुरुपयोगबारे पनि प्रश्न उठाए । ‘भिजिट भिसामा गएका व्यक्तिले त्यसै भिसाको आधारमा सो देशको नागरिकता लिन पाउँछन् कि पाउँदैनन् ?’ भन्दै लेखकले थपे, ‘यदि भिजिट भिसाको दुरुपयोग गरिएको हो भने, त्यस्तो पार्टीका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउने हैसियत राख्छन् त ? नैतिकताको मापदण्ड अरूबाट अपेक्षा गर्ने कि आफूबाट सुरु गर्ने ?’

    गृहमन्त्री लेखकको टिप्पणी लामिछानेको विगतमा उठेका नागरिकता विवादसँग पनि जोडिएको मानिएको छ । सांसद लामिछानेले यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images