images
images
  • अमेरिकी राष्ट्रपतिलाई ५ अफ्रिकी देशका समकक्षीले भेट्दैछन् किन ?

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएको छ ।

    एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्नलागेका हुन् ।

    अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरूबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने अपेक्षा गरिएको छ ।

    भेटका लागि ह्वाइट हाउसको रूचीबारे केही ठोस विवरण बाहिर आएका छैनन् ।

    ट्रम्प प्रशासनले कर र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरिरहेको र महत्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न खोजिरहेको बेला यो बैठक हुन लागेको हो ।

    यद्यपि, यी पाँच राष्ट्रमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता अन्य अफ्रिकी मुलुकहरूमा जस्तो अत्यधिक खनिज सम्पदा भने छैन ।

    ट्रम्प प्रशासनले अमेरिकी वैदेशिक सहायता एजेन्सी युएसएआईडीको औपचारिक बन्दको औपचारिक थालनी भएको केही दिनपछि यो भेला हुने भएको हो ।

    एएफपीसँग कुरा गर्ने पाँच देशका अधिकारीहरू ह्वाइट हाउसको रूचीबारे जानकारजस्तो देखिन्थे ।

    लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईका प्रेस सचिव कुला फोफानाका अनुसार लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईले निमन्त्रणा स्वीकार गरेको र यस्ता भेट राष्ट्रको हितमा लगानी गर्न चाहने जोकोहीसँग पनि गर्न सकिने बताए ।

    उनले भने, “हाम्रो चासो लगानी गर्ने व्यापार र संलग्नता साझेदारहरूलाई महत्व दिने हो ।”

    भेटबारे गाबोनी राष्ट्रपतिका प्रवक्ता थियोफेन बियोगेले भने, यो बैठकले ‘हाम्रो अर्थतन्त्रको औद्योगीकरणमा केन्द्रित’ सहकार्यको अवसर प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images