images
images
  • देउवा कांग्रेस नेतृत्वबाट बिदाइ नहुने संकेत !

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट अवकाश लिनु नितान्त आफ्नो निर्णय हुने बताएका छन् ।

    केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले देउवाको चितवन वक्तव्यको प्रशंसा गर्दै सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेपछि देउवाले ठट्टामिश्रित शैलीमा प्रतिक्रिया दिएका हुन् ।

    उनले भने, ‘म के गर्छु भन्ने मेरो कुरा हो, मलाई कसैले भनेर मैले गर्ने होइन ।’ यसअघि चितवनमा देउवाले अवकाश लिने समय आएको बताएका थिए ।

    बैठकमा शर्माले सभापतिले पार्टी एक बनाउने दृष्टिकोण प्रशंसनीय भएको बताए भने अब तेस्रोपटक सभापति बन्न विधानले नदिने भन्दै छैटौँपटक प्रधानमन्त्री बन्ने प्रयास नगरी बाटो खाली गर्न आग्रह गरे ।

    यसैबीच शर्माले स्थिर सरकारका लागि पाँचबुँदे प्रस्ताव पनि प्रस्तुत गरेका छन् ।

    प्रस्तावमा प्रत्यक्ष सिट र लोकप्रिय मतका आधारमा पहिलो दललाई सरकार गठनको अवसर दिने, विज्ञहरू मार्फत अपुग सिट दिन सक्ने, प्रधानमन्त्रीले दुईपटक मात्र पद पाउनेलगायत व्यवस्था छन् ।

    पार्टीको १५औँ महाधिवेशन २०८४ को चुनावअघि वा पछाडि गर्ने भन्ने विषयमा कांग्रेसभित्र बहस जारी छ ।

    विधान अनुसार पाँच वर्ष र थप ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images