images
images
  • रुसविरुद्ध लड्न युक्रेनलाई अत्याधुनिक लामो दूरीमा मार हान्नसक्ने हतियार दिँदै अमेरिका

    काठमाडौं– रुसले युक्रेनको डाच्ने गाउँ कब्जा गरेको दाबी गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनलाई थप हतियार सहयोग गर्ने घोषणा गरेका छन् ।

    केही दिनअघि मात्रै वासिङ्टनले हतियार ढुवानी रोकिएको जनाएको थियो ।

    तीन वर्षदेखि जारी रुस–युक्रेन युद्धमा हालै रुसले डनिप्रोपेत्रोभस्क क्षेत्रमा सैन्य उपस्थितिलाई विस्तार गरेपछि युक्रेनले गम्भीर दबाब महसुस गरिरहेको छ ।

    ट्रम्पले युक्रेनलाई ‘मुख्यतः रक्षात्मक हतियार’ आवश्यक भएको बताए ।

    रुसले हालै युक्रेनी सैन्य भर्ती केन्द्रहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ भने किएभले पनि मस्कोमा रुसी गोला–बारुद कारखाना लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

    यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हवाई सुरक्षा नै जीवन रक्षा गर्ने प्रमुख उपाय भएको भन्दै अन्तर्राष्ट्रिय साझेदारहरूमाथि भरोसा रहेको बताए ।

    माइकोलाइभ सहरमा भएको आक्रमणमा एक व्यक्ति घाइते भएको पुष्टि गरिएको छ ।

    डनिप्रोपेत्रोभस्क क्षेत्र औपचारिक रूपमा रुसले दाबी गरेका पाँच क्षेत्रमध्ये नपरे पनि त्यस क्षेत्रमा रुसी उपस्थितिले युद्धको रुपान्तरण र रसद समस्यामा ठूलो असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images