images
images
  • पूर्वराष्ट्रपति भण्डारीको एमालेमा पुनरागमनले ओलीभन्दा देउवा सशंकित

    काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेकपा (एमाले) भन्दा नेपाली कांग्रेसमा पनि हलचल ल्याएको छ ।

    पार्टी सदस्यता नवीकरणसहित उनले राजनीतिमा फर्किएको घोषणा गरेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले असन्तुष्टि जनाएका छन् ।

    बालुवाटारमा भएको भेटवार्तामा देउवाले भण्डारीको सक्रियता लोकतान्त्रिक गणतन्त्र र राजनीतिक प्रणालीका लागि घातक भएको बताए ।

    ओलीले पनि पार्टीमा औपचारिक छलफल नहुनु भए पनि देउवाको धारणा प्रति सहमति जनाउँदै भण्डारीको गतिविधि ‘निजी इच्छा’ मात्र भएको बताए ।

    भेटमा कांग्रेस नेताहरूले भण्डारीको कमब्याकले प्रणालीमा प्रश्न उठाउने र कम्युनिष्ट एकताको सम्भावनाले कांग्रेसलाई असर पु¥याउने तर्क गरेका थिए ।

    राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार देउवा र ओलीको एकमत उनीहरूको व्यक्तिगत र दलगत स्वार्थसँग जोडिएको छ । देउवालाई प्रधानमन्त्री बन्ने सहमति जोखिममा पर्न सक्ने डर छ भने ओलीलाई पार्टी नेतृत्वमा चुनौती आउने चिन्ता ।

    यसरी, भण्डारीको पुनरागमनले दुई ठूला दलका नेताहरूलाई एकै मोर्चामा उभ्याएको छ । प्रणालीको रक्षा भन्दै यो मार्चाले आ–आफ्ना स्वार्थ जोगाउने रणनीतिमा देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images