काठमाडौं– जिल्ला प्रहरी परिसरले स्रोत नखुलेको ठूलो रकमसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति ४० वर्षीय वाङ जियान हुन् । उनी स्वयम्भू क्षेत्रको एक घरमा भाडामा बस्दै आएका थिए ।
साउन २२ गते सोमबार बौद्धको नयाँबस्ती क्षेत्रमा शंकास्पद आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
खोजतलासको क्रममा वाङलाई एक करोड ४४ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ राहदानी समेत बरामद गरेको छ ।
हाल वाङसँग रकमको स्रोत, उद्देश्य र अन्य विवरणबारे अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























