images
images
  • प्रधानमन्त्री ओलीसँगै स्पेन गएका एमाले कार्यकर्ता फर्किएनन् स्वदेश

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेन भ्रमणको कार्यक्रममा केही सहभागीहरू फर्किन नसकेको विषय उठाउँदै गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहानामा गएका तर नफर्किएको समाचारहरू आएका छन् । व्यक्ति विशेष कसैलाई लक्षित गर्ने होइन, तर विषय गम्भीर छ ।’

    sobita gautam 1751960710

    प्रधानमन्त्री ओली असार १४ गते राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणमा ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स (एफएफडि–४)’ मा सहभागी हुन स्पेनको सेभिल्ला पुगेका थिए ।

    उनी भ्रमण सम्पन्न गरी स्वदेश फर्किसकेका छन् । तर, सो भ्रमणमा सहभागी केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार सार्वजनिक भएपछि सांसद गौतमले संसद्मा प्रश्न उठाएकी हुन् ।

    गौतमले भिजिट भिसाका नाममा हुने दुरुपयोग र त्यसमा संलग्नहरूबारे सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images