काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार हालसम्म १८ जना व्यक्ति बेपत्ता भएका छन् । जसमा ९ जना नेपाली, ६ जना चिनियाँ नागरिक र ३ जना सुरक्षाकर्मी रहेका छन् ।
तीनजना प्रहरी पनि सम्पर्कविहीन
बाढीका बेला उद्धारमा खटिएका तीनजना प्रहरी कर्मचारी समेत सम्पर्कविहीन भएका छन् ।
१. लालबहादुर श्रेष्ठ, प्रहरी सहायक निरीक्षक, स्थायी ठेगानाः रामेछाप, लिखु तामाकोसी–४; हाल इलाका प्रहरी कार्यालय, टिमुरे ।
२. मुन्ना ठाकुर, प्रहरी जवान, स्थायी ठेगानाः बारा, फेटा–१; हाल इलाका प्रहरी कार्यालय, टिमुरे ।
३. लोकेन्द्र बोहोरा, प्रहरी जवान, स्थायी ठेगानाः बझाङ, बुंगल–९; हाल इलाका प्रहरी कार्यालय, टिमुरे ।
नेपाली नागरिकहरूमध्ये ९ जना बेपत्ता ।
भन्सार यार्डमा कार्यरत ९ जना नेपाली नागरिक बेपत्ता भएका छन् ।
१. जिपन चौधरी (३६ वर्ष), बर्दिया ।
२. सन्तोष दइत (३५ वर्ष), बर्दिया ।
३. बुद्धिराम राम थारु (२५ वर्ष), बर्दिया ।
४. लक्ष्मीनारायण थारु (२४ वर्ष), बर्दिया ।
५. सुरेश थारु (३० वर्ष), बर्दिया ।
६. नरेन्द्र वि.क., बागलुङ (उमेर खुलाइएको छैन) ।
७. फुर्वा लामा, सिन्धुपाल्चोक (कन्टेनर चालक) ।
८. गोविन्द मोक्तान, ठेगाना नखुलेका (मिक्चर चालक) ।
९. लोकमान तामाङ, ठेगाना नखुलेका (हाइलक्स चालक) ।
चिनियाँ नागरिकहरू पनि सम्पर्कविहीन :
बाढीमा परेर ६ जना चिनियाँ नागरिक समेत बेपत्ता भएका छन् ।
१. यु युए
२. लि हुक्वाइङ
३. याङ चुआन
४. यु हाइ हाङ
५. यु छिआओ कुई
६. जोउ योङ
यसैबीच, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामस्थित खोला किनारमा एक पुरुषको दाहिने खुट्टा र गुप्ताङ्ग फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । शवको पहिचान हालसम्म हुन सकेको छैन ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा परिचालित गरिएको छ भने खोज तथा उद्धार कार्य जारी रहेको छ । मौसम खराबी र भौगोलिक कठिनाइका कारण उद्धार कार्यमा चुनौती देखिएको छ ।























