काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ एक आफन्तको बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो ।
बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिए ।
वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य कैद गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
गाउँपालिका अध्यक्ष थपलियाले नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्पूर्ण पालिका क्षेत्रमा पूर्व सूचना दिइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्























