काठमाडौं– रसुवामा गएराति लगातारको वर्षापछि आएको बाढीले ठूलो क्षति पु¥याएको छ ।
गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रबाट बहिएको बाढीमा परी ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अहिलेसम्म ९ जनाको उद्धार गरिएको छ भने बाँकी हराइरहेका व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी छ ।
प्रहरीका अनुसार चिनियाँ भू–भागमा भारी वर्षा भएपछि एक्कासि आएको बाढीले सीमावर्ती क्षेत्रमा क्षति पु¥याएको हो ।
बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको छ ।
जसका कारण आवागमन ठप्प भएको छ । मानिस तथा सवारी साधन दुवैको आवत–जावत बन्द भएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएकाहरूको खोजी तथा अवस्था बुझ्न सुरक्षाकर्मी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन र नेपाली सेना परिचालन गरिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।























