images
images
  • बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द, के अब लोडसेडिङ हुन्छ ?

    काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

    प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

    त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

    त्यस्तै ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

    त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए ।

    यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images