काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त गरेका छन् ।
न्याय परिषद्को सिफारिसको आधारमा सोमबार राष्ट्रपति पौडेलले सो नियुक्ति गरेका हुन् ।
न्यायाधीशमा नियुक्त हुनेमध्ये वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा १२९ को उपधारा (२) अनुसार राष्ट्रपति पौडेलले ती तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























