images
images
  • रञ्जिता श्रेष्ठलाई सुइँको नदिएर रेशम चौधरीले भेटे प्रधानमन्त्री, सत्तापलटबारे के भयो कुरा ?

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन् ।

    स्रोतका अनुसार सोमबार दिउँसो दुई नेताबीच झण्डै एक घन्टा लामो गोप्य भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री ओलीको सचिवालयले समेत उनीहरूबीचको भेट पुष्टि गरेको छ ।

    यसअघि नाउपाले ओली नेतृत्वको संघीय सरकारसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    संघीय सरकारमा नाउपाबाट प्रतिनिधित्व गरिरहेका सांसद अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।

    पार्टीको समर्थन फिर्ताको निर्णयसँगै उनले राजीनामाको तयारी गरिरहेको जनाइएको छ ।

    सुदूरपश्चिम प्रदेशमा नाउपाका मन्त्री रामेश्वर चौधरीमाथि हाते ट्याक्टर वितरणमा अनियमितता भएको आरोप लागेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई बर्खास्त गरेका थिए ।

    त्यसपछि पार्टीले प्रदेश र संघ दुबै तहमा समर्थन फिर्ता लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images