images
images
  • इजरायलको युद्ध अपराध : इरान आक्रमणपछि बाँकी मिसाइल गाजामा खसालेको खुलासा

    कठमाडौं– इजरायली वायुसेनाले इरानमाथिको आक्रमणपछि प्रयोग नभएका बम र मिसाइल गाजामाथि खसालेको द टेलिग्राफ ले खुलासा गरेको छ ।

    इरानमा अपरेसन राइजिङ लायन सञ्चालन भएको बेला फर्कंदै गरेका इजरायली पाइलटहरूले बाँकी हतियार गाजामाथि प्रयोग गर्ने प्रस्ताव गरेका थिए ।

    जुन इजरायली सेनाले स्वीकृत गरेको थियो ।

    सोही क्रममा गाजामा भएका हवाई आक्रमणहरू सहायता केन्द्र नजिक केन्द्रित थिए । जसमा सयौँ नागरिक मारिएको आशंका छ ।

    जुन १८ मा गाजाको शरणार्थी शिविरमा एक महिला र उनका सन्तानसहित १० जनाको मृत्यु भएको थियो ।

    सोही दिन खान युनिसमा ५ जनाको ज्यान गएको वाफा समाचार एजेन्सीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images