images
images
  • माधव लक्षित झाँक्रीको ‘सिनो’ अभिव्यक्ति विवादित, कडा कारबाही गर्नुपर्नेमा नेताहरू अडिग

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिबारे तीव्र असन्तोष देखिएको छ ।

    स्रोतका अनुसार बैठकमा अधिकांश नेताहरूले झाँक्रीको अभिव्यक्तिलाई अक्षम्य भन्दै कारबाहीको माग गरेका छन् ।

    झाँक्रीले लुम्बिनीमा आयोजित एक कार्यक्रममा सिनो बोकेर हिँड्न नसकिने भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको पक्षमा बोलेकी थिइन् ।

    उपाध्यक्ष जयन्ती राईले नेताहरूले झाँक्रीको भनाइप्रति आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेका बताइन् ।

    त्यही कार्यक्रममा सहभागी मेटमणि चौधरीले झाँक्रीका अभिव्यक्तिहरू सामाजिक सञ्जालमै सार्वजनिक भइसकेको जानकारी गराएका थिए ।

    झाँक्रीले भने अनुशासन समितिबाट कुनै लिखित वा मौखिक स्पष्टीकरण सोधिएको जानकारी नभएको दाबी गरेकी छन् ।

    उनले आफूमाथि मिडिया र सोसल मिडियामार्फत व्यक्तिगत लाञ्छना लगाइएको भन्दै लिखित ध्यानाकर्षणसमेत गराएकी छन् ।

    यद्यपि झाँक्रीको अभिव्यक्तिबारे अध्यक्ष माधवकुमार नेपालले हालसम्म कुनै पनि औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

    महासचिव घनश्याम भुसाल अस्वस्थ भएकाले बैठक स्थगित गरिएको बैठक असार २२ गतेका लागि तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images