images
images
  • रुसद्वारा तालिबान सरकारलाई औपचारिक मान्यता, अफगानिस्तानले भन्यो– ‘साहसिक निर्णय’

    काठमाडौं– रुसीले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबानलाई मान्यता दिने पहिलो राष्ट्र बन्न पुगेको छ ।

    बीबीसीको रिपोर्टअनुसार अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्ताकीले रूसको निर्णयलाई ‘साहसिक र ऐतिहासिक कदम’ को रूपमा व्याख्या गरेका छन् ।

    रुसी राजदूत दिमित्री जिरनोभले बिहीबार काबुलमा मुत्ताकीसँगको भेटका क्रममा रूसी सरकारले अफगानिस्तानको ‘इस्लामी अमीरात’ सरकारलाई औपचारिक मान्यता दिएको जानकारी दिएका हुन् । उक्त भेटपछि मुत्ताकीले यो निर्णय दुई देशबीचको ‘सकारात्मक सम्बन्ध, आपसी सम्मान र रचनात्मक साझेदारी’ को नयाँ अध्याय भएको बताएका छन् ।

    उनले अन्य मुलुकहरूले पनि रूसको निर्णयबाट प्रेरणा लिन सक्ने विश्वास व्यक्त गर्दै यो परिवर्तनलाई ‘अन्य देशहरूका लागि उदाहरणीय बन्ने’ बताए ।

    सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेयता देशभित्र मानव अधिकार उल्लंघनका आरोपहरू बाक्लिएको भए पनि तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता र विदेशी लगानीको लागि प्रयास गर्दै आएको छ ।

    रुसको यो निर्णय तालिबानको सोही प्रयासमा हालसम्मको सबैभन्दा ठूलो कूटनीतिक सफलता मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images