
काठमाडौं– युक्रेनसँगको लडाइँमा रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको मृत्यु भएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार बिहीबार कुस्र्क क्षेत्रमा उनी युक्रेनी सेनासँगको भिडन्तमा मारिएका हुन् ।
पूर्वी प्राइमोस्र्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोले गुदकोभको वीरगतिको पुष्टि गरेका छन् ।
रुसी रक्षा मन्त्रालयले पनि घटनाको पुष्टि गरे पनि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
गुदकोभ यसै वर्ष मार्चमा राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा नौसेनाको तटीय तथा स्थल सेनाको उपप्रमुखमा नियुक्त भएका थिए ।
तीन वर्षदेखि जारी युद्धमा यति उच्च पदस्थ अधिकारीको मृत्यु दुर्लभ मानिन्छ । उनी यसअघि युक्रेनमा १५५ औं ब्रिगेडको नेतृत्व गरेका थिए ।
कुस्र्क क्षेत्र युक्रेनी सेनाको लगातार आक्रमणको केन्द्रबिन्दु बनेको छ, जहाँ पछिल्ला महिनामा दुवै पक्षबीच तीव्र संघर्ष भएको छ ।
राष्ट्रपति पुटिनले पनि गत मे २० मा उक्त क्षेत्रको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्