काठमाडौं– नेकपा (एमाले)मा विधान महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम पार्टी नेतृत्वका लागि चर्चामा आएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध चिसिएपछि कर्णबहादुर थापा, गोकुल बाँस्कोटा, आनन्द पोखरेल, लगायत नेताहरू खुलेर भण्डारीको पक्षमा उभिन थालेका छन् ।
भण्डारीले औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै पार्टीभित्र उनी नेतृत्वमा आउनुपर्ने बहस सुरु भएको छ ।
महासचिव शंकर पोखरेलले भण्डारीलाई राजनीतिमा आउन नदिने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
एमालेले आगामी भदौ २०–२२ मा दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
महाधिवेशनअघि उमेरहद र दुई कार्यकालको प्रावधानलाई संशोधन गर्ने कि यथावत् राख्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्























