images
images
  • रुपन्देही–३ उपनिर्वाचन : ठूला दल मौन, सानाको चुमचुम, उम्मेदवार नपाएर हैरान

    काठमाडौं– आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुवैले उम्मेदवार चयन प्रक्रिया अघि बढाएका छन् ।

    रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा ‘प्राइमरी इलेक्सन’ प्रस्ताव

    रास्वपाले बिहीबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा उम्मेदवार चयनका लागि प्रस्तावित विधिमाथि छलफल गर्दै अन्तिम टुंगो आइतबार हुने बैठकले लगाउने निर्णय गरेको छ ।

    पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार योग्य उम्मेदवार छनोटका लागि केही नामहरू प्रस्ताव भइसकेका छन् भने केही नामहरू आउन बाँकी छन् ।

    उनका अनुसार उम्मेदवार छनोटमा स्थानीय सदस्यहरूको संलग्नता रहने गरी प्राइमरी इलेक्सन पनि प्रस्तावित विधिमा समावेश छ ।

    राप्रपाले पनि तयारी तीव्र पा¥यो, उपनिर्वाचन परिचालन समिति गठन

    उता राप्रपाले पनि सोही निर्वाचनका लागि तयारी थालेको छ । बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्लास्तरका कार्यसमितिलाई आवश्यक तयारी प्रारम्भ गर्न निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार सम्भावित उम्मेदवारहरूको सूची असार मसान्तसम्म केन्द्रीय कार्यालयमा सिफारिस गरिने । त्यसका लागि जिल्ला कार्यसमितिलाई जिम्मेवारी दिइएको छ ।

    यही सन्दर्भमा उपनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन राप्रपाले वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

    सो समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाका कार्यसम्पादन सदस्य तथा केन्द्रीय कार्यसमिति सदस्यहरू समेत रहनेछन् ।

    राप्रपाका सांसद दीपक बोहराको निधनपछि रूपन्देही–३ मा उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images