काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सात भ्रातृसंस्थामध्ये चार संस्थाको महाधिवेशन मिति तय भएको छ भने तीन संस्थामा अझै विवाद कायम छ ।
महासचिव गगन थापाले निर्देशन समितिको सिफारिसअनुसार किसान महासंघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलको महाधिवेशन मिति प्रस्ताव गरेका हुन् ।
यसअनुसार तरुण दलको महाधिवेशन मंसिर २६–२८ मा हुने भएको छ ।
तर, नेविसंघ, महिला संघ र दलित संघमा आन्तरिक विवादका कारण मिति प्रस्ताव हुन सकेको छैन ।
निर्देशन समितिका संयोजक र तदर्थ समितिका पदाधिकारीबीच मतभेद हुँदा महाधिवेशन प्रक्रिया रोकिएको हो ।
पार्टीले अन्तिम पटक मिति तय गर्न निर्देशन समितिलाई समय दिएको छ, अन्यथा ती संस्था स्वतः भङ्ग हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्























