images
images
  • यू–१६ : फाइनलमा मलेसियामाथि नौ विकेटले नेपालको शानदार जित

    काठमाडौं– नेपाली यू–१६ क्रिकेट टोलीले मलेसियामाथि नौ विकेटको सानदार जित निकाल्दै एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार क्वालालम्पुरमा सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले मात्र ११.४ ओभरमा एक विकेटको क्षतिमा सहजै पूरा गर्‍यो ।

    नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रनको आकर्षक पारी खेले भने शिवान्स बजगाईंले २३ रनको योगदान दिए ।

    मलेसियाका लागि नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

    मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका बलरहरूले सशक्त प्रदर्शन गर्दै विपक्षी टोलीलाई दवाबमा राखे । अभय यादवले १० ओभरमा १५ रन खर्चिएर चार विकेट लिए ।

    सुभम खनालले पनि घातक बलिङ गर्दै १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर तीन विकेट झारे । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान एक–एक विकेट लिए ।

    अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images