images
images
  • एसिसी यू–१६ इस्ट कप क्रिकेट क्रिकेट : नेपाललाई मलेसियाले दियो ९१ रनको सामान्य लक्ष्य

    काठमाडौं– एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियाले नेपाललाई जितको लागि ९१ रनको सामान्य लक्ष्य दिएको छ ।

    क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो ।

    मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images