काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्दैछ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरण, पार्टी अध्यक्ष, संसदीय दलको नेता र नेतृ रामकुमारी झाँक्रीमाथि माग गरिएको स्पष्टीकरण र निजामती विधेयकमा देखिएको चलखेल लगायत समसामयिक राजनीतिक विषयहरू बैठकको मुख्य एजेन्डा हुने जनाइएको छ ।
नेताहरूका अनुसार महासचिव घनश्याम भुसाल र अन्य शीर्ष नेताहरूले धारणा राखेपछि बैठक आजै निष्कर्षसहित सम्पन्न गरिने तयारी गरिएको छ ।
सचिवालयको यस बैठक अघिल्लो साता दुई दिन बसेर स्थगित गरिएको थियो । स्थगित बैठकलाई निरन्तरता दिँदै आजको बैठकमा अन्तिम निर्णयहरू लिने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























