images
images
  • जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट

    काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।

    प्रहरीका अनुसार, बुधबार राति करिब सवा ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो । उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो ।

    इलाका प्रहरी कार्यालय सिमराका अनुसार, विस्फोटपछि अहिले प्रहरीको टोली खटिएको छ । के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरी कार्यालयका एक प्रहरीले बताए ।

    अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images